surkhet

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना १२ जनाको मृतु १५ जना घाइते ,,

surkhet

जेठ १८ ,, पाल्पा – पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिनमा दुर्घटना भएको छ। दुर्घटनामा  १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

सहकारीको अध्ययन अवलोकनमा गएको टोली दुर्घटनामा परेको हो।

आर्यभञ्याङ्ग-रामपुर सडकखण्डको रम्भा ४ हुमिनको धारादीमा बस सडकबाट १ सय ५० मिटर तल भीरमा खसेको थियो। उद्दार कार्या जारि छ ।

Dailekh
Gorkha

पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको प्रहरीले बताएको छ। केही घाइतेलाई मिसन अस्पतालमा ल्याइएको छ।उक्त बसमा तानसेनमा रहेको लक्ष्मी बचत सहकारीका २७ जना कर्मचारी सवार थिए। घटनाको थप विवरण अाउन बाँकी छ।

मृत्युुहुनेमा तानपा ४ का बिष्णुुमान बज्राचार्य, तानपा ३ का देवेथलाल प्रधान र कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा ६ का शुसिल प्रसाद श्रेष्ठ, सोही वडाका कृष्ण बहादुर बोहोरा, तानपा ६ कै दुुर्गा बहादुर सारु र गिता बुुढाथोकी , तानपा २ का लोकनाथ ढकाल, तानपा ३ का बसन्ती खाँण, अर्का एक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

नेपालमा गाडी दुर्घटना एक नियतनै बनेको छ। , मापदण्ड पुरा नगरी बानाईएका सडक र चालकका लापरबाहीका कारण नेपालमा अत्यधिक दुर्घटना हुने गरेको छ। , जसले गर्दा बर्सेनि हजारौ नेपालीले ज्यान गुमाउनु परेको छ। र सयौ घाईते भई अंग भंग हुने गरेका छन् ।
यसको लागि सरकारले कुनै तेस्तो पहल र मापदण्ड गरेको देखिदैन ।,

 

 

salyan