surkhet

बजेटको बारेमा बाबुराम भट्टराईले भने रामायणको कथा ,,

surkhet

जेठ १८ काठमाडौं – सरकारले बजेट प्रस्तुत गरे लगतै विभिन्न पार्टी हरुले आलोचना गरेको पाईन्छ। , विपक्षि पार्टी नेपालि कांग्रेसले पनि नेपालको आर्थिक वर्ष ७५ /७६ को बजेट प्रस्तुत  पछि  आफ्नो धारणा राखेको थियो।

तेस्तै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले बजेटलाई रामायणको कथाजस्तो भएको टिप्पणी गरेका छन्।

Gorkha

प्रतिनिधिसभा बैठममा बजेटमाथि छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बजेटले संमृद्विको सपना पूरा हुने खालको बजेट नआएको बताए। बहुमत सरकारले सपना बाड्ने काम गरेको र बजेटमा त्यस्ता कुरा समावेश नगरिएको आरोप लगाए।

Dailekh

बजेटका केही भाग सम्भाव्यता, प्रक्रिया, अध्ययन गरिने शब्दावली चित्त नभएको प्रतिक्रिया दिए। ‘बजेट निर्माणका क्रममा प्राथमिकता निर्धारणमा समस्या रह्यो।’ उनले भने, थुप्रै पूराना कार्यक्रम भएपनि अर्थमन्त्रीले कुन राम्रो कुन नराम्रो थाहा नपाएर बजेट ल्याएको भट्टराईको टिप्पणी छ ।

पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले बजेटले कृषिमाथि आधारित अर्थतन्त्रको सम्भावना खोज्न नसकेको बताए । बजेटका उद्देश्य राम्रा भएपनि कुन बाटोमा जाने भन्ने अर्थमन्त्री अलमलिएको उनले बताए। देश संघीयतामा गए पनि बजेट केन्द्रमै सीमित रहेको उनले अरोप लगाए ।

 

salyan