केपी ओली ज्यु सरकार भनेको कुन चराको नाम हो ,
वैशाख २३ ,काठमान्डौ – देश एक पटक फेरि कोरानासँग भिष्ण संघर्ष गर्न बाध्य भएको अवस्थामा सरकार बिहिन जस्तो भयको छ । मानौँ अहिले नेपालमा कुनै सरकार प्रमुख छैन, आखिर नेपालका संघीय र प्रदेश सरकारका प्राथमिकता के हुन् ?
सरकारको अहिलेको प्राथमिकता कोरोना व्यवस्थापनका सन्दर्भमा यसै अनुकूल हुनुपर्ने हो, तर दुःखका साथ भन्नुपर्छ अवस्था तेस्तो अनुकूल छैन ।
सम्पूर्ण विश्व अहिले कोरोनाविरुद्धको संघर्षमा व्यस्त छ . विश्वका सरकार आफ्ना जनताको ज्यान कसरी जोगाउने भन्ने चिन्ता र ध्याउन्नमा तल्लीन छन् । तर, नेपालका सरकार प्रमुख प्रधानमन्त्री र राष्ट्रपति देखि,अन्य मन्त्री सहित संघ देखि प्रदेशसम्मका सरकारहरूको प्राथमिकता भने फरक छ ।
यहाँका सबै तहका सरकार आफ्नो सत्ता जोगाउने विषयलाई नै महत्व दिइरहेका छन्, जो हाँस्यास्पद छ।
उनी हरूलाई जो कोही मरोस मत्लब छैन, मत्लब छत कसरी आफ्नो कुर्ची बचाउने र केही प्रदेश मन्त्रीहरू फेर्ने र प्रदेश प्रमुख नियुक्ती गर्नमा व्यस्त छ अहिलेको सरकार ।
अनी सरकार कहाँ छ त ?
अहिले कोरोनाको सम्भावित आतंक र महामारीसँग जुध्न आवश्यक तयारी गर्नुपर्ने, अक्सिजनको जोहो गर्नुपर्ने, अस्पताल, औषधि, उपचार सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन, होल्डिङ सेन्टर, क्वारेन्टाइन, मास्क, सेनिटाइजर, खोप आदि बन्दोबस्त गर्नुपर्ने संवेदनशील बेलानै सरकारको प्रमुख दायित्व हो ।
बिडम्बना गर्नुपर्ने काम गर्न छाडेर संघदेखि प्रदेश सम्मका सरकार राजनीतिक नियुक्ति , प्रदेश सरकार बचाउने नाममा प्रदेशका केही मन्त्रीहरू हेरफेर र प्रदेश प्रमुखलाई हटायर नयाँ आफ्नो पार्टीको कार्यक्रता नेता नियुक्तीको नाम आफ्नो कुर्सि बचाउन व्यस्त छन्,।
संघीय सरकार सहित प्रदेश सरकार तर अर्को तिर आमजनता कोरोनाका कारण मृत्युवरण गर्न बाध्य छन्, दैनिक ४०-५५-५८ जना सम्मको मृ,त्यु भएको छ, भोलिको दिनमा यसको सख्या सोचेँ भन्दा धेरै माथी हुने छ आँकलन गर्न मुस्किल छ ।
हजारौ उपचार नपाएर अक्सिजन नभएर हस्पिटलको बेड नपाएर हस्पिटलको भुहीमा सुतेर उपाचर गरिएको छ । स्थिति नाजुक छ दुःखद छ, मृत्युको ताण्डव मच्चिरहेको छ, वर्तमानमा लोकतान्त्रिक आवरणका नेपालका सरकारहरू कथित इतिहास बनाउने र सत्ता जोगाउने ध्याउनमा छ ।
हाँस्यास्पद प्राथमिकतालाई कार्यान्वयन गर्न सक्रिय देखिएका छन् र यसको नेतृत्व गरिरहेको छ, केपी शर्मा ओलीको सरकार अहिले कुम्भकर्ण जस्तो सुती बसेको छ ।
अहिले कोरोना संक्रमितको मृ,त्यु हुने सयौंको सख्या बढ्दै गएको छ ,मर्नेको भोलिको दिनमा हाम्रो देश नेपाल यस्तै हो भने इटलीको जस्तो हालतमा पुग्न टाढा छैन यो स्थिति नआउला भन्न सकिंदैन .सरकारको यस्तै लापरबाही र अक्सिजनको जोहो गर्न तिर लागेन भने हाम्रो पनी भोलि के हुने हो स्थिति भन्न सकिँदैन।
केही दिन अघि मात्र नवलपरासीमा एउटा कोरोना संक्रमित बिरामीलाई हस्पिटल लानलाई एउटा एम्बुलेन्स सम्म नगरपालिकाले उपलब्ध नगराउँदा ट्याक्टरमा राखेर हस्पिटल लादै गर्दा बाटोमै मृ,त्यु हुनुपरो कति सम्मको दु:खद कुरा
तेस्तै केही दिन अघि काभ्रेबाट काठमाडौं ल्याउँदै गर्दा अक्सिजन नपाएर हस्पिटल चारदै गर्द मृ,त्यु भएको खबर सुन्न पर्यो । तराईमा पनी अक्सिजन नपाएर हस्पिटलमा बेड नपाएर ज्यान गुमाउनु पर्यो
यस्तो घटना अझै बाहीर समाचारमा कती आउन बाकी छ ,योत केही प्रतिनिधि मुलक घटना मात्र हो।
यदी यो देशमा जन्ताको सरकार छ भनेर कसैले भन्छ, एउटा सामान्य नागरिकले आफ्नो नैसरगिक अधिकारबाट बन्चित हुनु पर्ने अबस्था किन आयो ? यदी एउटा सामान्य नागरिकले पाउने अधिकारबाट बन्चित भयर निशुल्क स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउनु भनेको सरकारले नै हत्या गरेको ठहरिन्छ।अस्पतालमा बेड नपाएर बिरामी जमिनमा छद्पटिदै सुत्न परेको छ ।
अहिले केही काठमाडौँमा नाम चलेका निजी हस्पिटलमा लुटन्त्र चलिरहेको छ ।हेम्स हस्पिटलमा एक दिनको कोरोना संक्रमित बिरामी संग ५० हजार सम्म असुल्दै छ । एउटा सामान्य मजदुर किसानले कसरी तिर्न सक्छन यत्रो रकम बिहान बेलुका खान नपाउने स्थितीमा यस्तो लुटन्त्रमा सरकारको पनी केही मान्छे हरूको मिलोमतो मा लुटन्त्र चलिरहेको ।
अलि देश लकडाउन बन्दा बन्दीमा छ ,गरिखाने बर्गहरू अलि सबै बन्दा कोठामा छन ,तिनीहरूलाई कती दिन सम्म पुग्ला खान त्यसको केही हिसाब गरेको खै । यहाँ अब रोगले र भोगले मोर्ने सख्या बढ्दै जान्। सरकारले न हस्पिटलमा अक्सिजनको जोहो गर्न लागेको छ न आईसोलेसन ब्यवस्थापनमा लागेको छ खाद्यान्नको भण्डार नै गर्न लागेको छ।
सरकार लागेको छ त केबल आफ्नो कुर्सि जोगाउन र आफ्ना केही मान्छेलाई लुटन्त्र मच्चाउनमा ब्यस्त छ, अनी आम नागरिकले कहाँ सरकार छ भन्ने अनुभूति गर्न पाउने । केपी जि तपाई त सुरक्षित हुनुहुन्छ सिसाको काउन्टर भित्र बस्नुभएको छ।
तर यहाँ तपाईको जन्ता एउटा हस्पिटलमा बेड नपाएर छट्पटाएर मृ,त्यु हुनुपरेको छ अनी तपाई राष्ट्रको प्रमुख अभिभावक कसरी भनौ तपाईंलाई प्रधानमन्त्री तपाई त राक्षसी मन्त्री पो हुनुभएको रहेछ।
तपाईँका विचौलियाका त पैसा छदै छ ,जहाँ गयरनी उपचार गर्लान तर एउटा ज्यामी मजदुरी गर्ने आम नागरिकले कहाँ गयर उपचार गर्ने प्रधानमन्त्री ज्यु कोरोनाको उपचार गर्न नपाएर मृ,त्यु भएकालाई सरकारको वेवास्ताले मारिएको भन्ने मिल्छ की मिल्दैन केपी ओली ज्यु।
आफ्नो देशको नागरिकको बाँच्न पाउने मौलिक अधिकारको संरक्षण गर्न नसक्ने सरकार र सरकार प्रमुखले मृत्युको तमासा हेरेर बस्ने सरकार लाई के सरकार भन्ने अनी कस्तो हुन्छ सरकार।
तर विपतको सामनाको लागि पुर्व तयारीमा सरकारले चाँसो नदेखाएको हो भन्ने सबै घटना क्रमले बताउँछ
अहिले हाम्रो देश जस्तो सानो देशमा कोरोना संक्रमितको सख्या दिन प्रति दिन बृद्दि हुदै जाँदा यहाँ भयावह स्थिती सिर्जना भइरहेको छ।
यस्तो अवस्थामा सरकार तमासा हेरेर बस्नेकी आफ्नो नागरिक हरूलाई स्वाथ्य उपाचर गर्नमा लाग्ने हो ।बिगत र अहिलेको दैनिकी बर्तमानको कोरोना पाठ नसिक्ने सरकार अनी र सरकारका प्रतिनिधिहरुले आजको भयावह अवस्थालाई कसरी सामना गर्ने भन्ने तिर लाग्नुपर्ने बेला हो ,सरकार।
युवा नेता धिरज उपरकोटी ,
नेकपा माओवादी केन्द्र ,