गुल्मीमा चट्याङ लागेर एकको मृ,त्यु, आठ घाइते,
वैशाख २४ ,पाल्पा – गुल्मीको मुसीकोटमा बिहीबार चट्याङ लाग्दा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका,१८ वर्षीया करिस्मा गाहाको ज्यान गएको हो, ।
स्थानीय ४, दजाकोटका उजिरबहादुर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेयले बताए ।
चट्याङ लागेर मुसीकोट–४, दजाकोटका ६३ वर्षीय उजुरसिंह गाहा, ६२ वर्षीया तथीकला गाहा, ३७ वर्षीय तुलबहादुर गाहा, ३२ वर्षीया जुनी गाहा, १४ वर्षीया मेलिना गाहा, ८ वर्षीय जोतिन गाहा, ३३ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योतिकला गाहा घाइते भएका छन् । घाईतेको सबैलाई उपचारका लािग गुल्मी, तम्घासस्थित जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।