संगीतकार बम मल्लले हातले नसकी लौरीले चोलीको तुना फुस्काय ,,
जेठ १८ – संगीतकार श्री कृष्ण बममल्ल आज भोलि जता ततै ब्यस्त देखिन्छन। , उनि संगीतबाट मात्र नभयर कलाकार बाट पनि चिन्निने गरेका छन् । केहि महिना अगाडी मात्र पनि उनको चुइगम चपाउदै बोलको गीतले धेरै चर्चा पायको थियो ।,
एस पटक भने मल्लले चलचित्र पण्डित बाजेको लौरिमा स्वर दियका छन्, भने संगीतपनि आफैले गरेका छन्। , चलचित्र पण्डित बाजेको लौरीमा चोली तुनामा मिना निरौलाको पनि स्वर रहेको छ। ,
बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रले चोली तुना बोलको गीत युटुबमा सार्वजनिक गरेको हो। , विक्रम स्वारको नृत्य निर्देशनमा तयार भएको भिडियोमा सन्ध्या केसी र प्रमोद अग्रहरीको नृत्य देख्न सकिन्छ।
चलचित्रमा महेश दवाडीको कथा, तथा संवाद रहेको छ। चलचित्रलाई थमनकुमार भण्डारीले निर्माण गरेका हुन् भने किशोर खड्का सहनिर्माता हुन् । विदुर पाण्डेको छायांकन रहेको चलचित्रको सम्पादन मित्र डी गुरुङले गरेका छन्।
वादी जातिकी महिला र ब्राह्मण जातिको पण्डितबीचको सम्बन्धलाई प्रस्तुत गरिएको यस चलचित्रमा मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतको अभिनय रहेको छ ।
दमदार मनोरंजन कमेडी सहितको चोली तुना गीत समेटियको चलचित्र पण्डित बाजेको लौरी साउन ४ गते बाट प्रदर्शन मिति तोकियको छ।
गीत अधरेट फ्लिमले प्रस्तुत गरेको छ। हेर्नुहोस भिडियो ,,