Simta
Gurvakot
Gurvakot

यी हुन् कोरोना पोजेटिभ रिपोर्ट आएका २६ सांसद

वैशाख २५ ,काठमान्डौ – संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री ओलीले वैशाख २७ गते लिनलागेको विस्वासको मतको लागि सांसदहरुको पीसीआर परिक्षण सुरु गरिएक हो।

वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो। संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ।

संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ।संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्।

lekbesi
Simta

सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा संक्रमित सांदलाईसमेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ। जसले संसद्‍को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको पाईएको हो ।

पोजेटिभ रिपोर्ट आएका २६ सांसद 

– झलनाथ खनाल 
– मुकुन्द न्यौपाने 
– मायादेवी न्यौपाने 
– पार्वती डिसी चौधरी 
– राजेन्द्रप्रसाद गौतम 
– नन्दलाल रोका क्षेत्री 
– लालबाबु पण्डित 
– लक्ष्मणलाल कर्ण 
– नरमाया ढकाल 
– महेश बस्नेत 
– रामबाबु यादव 
– गोपालबहादुर बम 
– नमीता कुमारी चौधरी 
– शान्तिमाया तामाङ 
– विना कुमारी श्रेष्ठ  
– रेनुका गुरुङ 
– जुलीकुमारी महतो 
– रघुवीर महासेठ 
– किसान श्रेष्ठ 
– सुरेश कुमार राई 
– पुष्पा कुमारी कर्ण कायस्थ 
– भानुभक्त ढकाल 
– बीना मगर 
– भरतकुमार शाह 
– प्रमोद शाह 
– दिपकप्रकाश भट्ट