रुकुम चौरजहारी

खनाल नेपाल पक्षका सबै सांसदले राजिनामा दिदै ,

रुकुम आठ विसकोट

वैशाख २६ ,काठमान्डौ – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ ।

नेपाल खनाल समूहको स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । अहिले नेताहरुको आन्तरिक छलफल भईरहेको छ।

अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् ।

नेता नेपालले फागुन २८ गते ओली समूहले एकलौटी रूपमा गरेको निर्णयको खारेजी र २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताए ।

शनिबार भएको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने खनाल नेपाल पक्षले निष्कर्ष निकालेको छ । ओलीलि भोलि २७ गते विश्वासको मत लिने बताएका थिए छन् ।