करिना र साहिदको रोमान्स फेरी देखन पाउने ,

रंग दर्पण १६ माघ – धेरैलाई अनौठो लाग्न सक्छ तर यो कुरा अब सत्य हुदैछ , कुरा के हो भने शाहिद कपुर र करिना कपुरबीच कुनैबेला ‘इलुइलु’ थियो । यो जोडीको रोमान्सको चर्चा उनीहरुमा मात्र सीमित थिएन, दुनियाले देखिसकेका थिए । अहिले उनीहरु अलग छन् । अलग मात्र छैनन्, दुबैले बेग्ला-बेग्लै जोडी पनि बाँधिसकेका छन् । जोडी मात्र बाँधिसकेका छैनन्, आ-आफ्ना छोरा पनि हुर्कारहेका छन् ।

शाहिद मीरा राजपूतसँग दाम्पत्य सुख भोग्दैछन् भने, करिना अभिनेता सैफ अली खानसँग ।

शाहिद गृहस्थी जीवनबाट बलिउड फर्किएका छन् । करिना भने छोरा तैमूरकै स्यहार-सुसारमा खटिएकी छिन् ।यसैबीच के हल्ला चलेको छ भने, यी पूर्व प्रेमी-प्रेमिका अब फेरी रोमान्स गर्दैछन् । उनीहरुको अनस्क्रिन रोमान्सको मेसो भने निर्देशक इम्तियाज अलीले मिलाउने गाइगुइ छ ।

lekbesi

भनिहालौ, इम्तियाज अलीले करियरको पूवार्द्धमा शाहिद र करिनालाई लिएर ‘जब वी मेट’ बनाएका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । यहि सफलतालाई इम्तिहाज दोहोर्‍याउने ध्याउन्नमा छन् ।

लभस्टोरी फिल्मका लागि कहलिएका इम्तियाजले रकस्टार, ककटेल, तमसा, जब ह्यारी मेट सेजल, लभ आजकाल जस्ता फिल्म बनाइसकेका छन् । पछिल्लो फिल्म जब ह्यारी मेट सेजलले भने हावा खायो ।अहिले इम्तियाज नयाँ प्रोजेक्टको तयारीमा छन् । उनी फिल्म तयारीको अन्तिम चरणमा रहेको बुझिन्छ । यो फिल्म रोमान्टिक कमेडी फिल्म हुनेछ । यद्यपी यसको अफिसियल घोषणा भने भएको छैन । बाहिरी चर्चा चाहि के छ भने, यो फिल्ममा शाहिद र करिनाले रोमान्स गर्नेछन् ।