बुटवल पाल्पा सडक १३ घण्टा पछि एक तर्फी खुल्यो ,,

जेठ, १८ बुटवल – सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-दोभान सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध भयको सडक १३ घण्टापछि एकतर्फी खुलेको छ ।

आज बिहान ४ बजे बाट तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्द भयको थियो ।तीनवटा डोजर प्रयोग गरेर सडक खुलाइएको छ। अहिले एकतर्फी मात्र सवारी साधन सुचारु गरियको छ।

गत वैशाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेको थियो । पहिरोबाट खसेका ठूला-ठूला ढुंगाले सडकमा अवरोध सिर्जना गरेपछि पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाआज बिहान ट पाल्पा हुँदै गुल्मी, स्याङजा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै रोकिएका थिए ।