शंकर पोख्रेलविरुद्द फेरी अविश्वास प्रस्ताव दर्ता,
वैशाख २६ ,बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा फेरी अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।
हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भएको बताए ।