पधानमन्त्रीले भने सर्वसाधारणले वेवास्था गर्दा कोरोना तिब्र फैलियो ,
वैशाख २६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउनुमा नेपाली जनताको लापरवाही रहेको बताएका छन्।
नेपालमा कोरोना पूर्णरुपले नियन्त्रणमा आईसकेको बेला सर्वसाधारणले लापरवाही गर्दा पून कोरोनाले तिब्र रुप लिएको प्रधानमन्त्री ओलीले बताएका हुन्।
अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भनेका छन् पहिलो लहरको कोरोना संक्रमण लगभग नियन्त्रणमा आएको थियो।सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहरले महामारी लिन सुरु गरेको छ।
सर्वसाधारणलाई लापरवाहीलाई दोष लगाएका प्रधानमन्त्री ओलीले आफूसहितको विभिन्न स्थानको बैठक ,जुलुस ,धरहरा उद्घाटन ,शिलान्यास अहिलेको संक्रमणका लागि कारक रहेको भने स्वीकार गरेनन् ।
तेस्तै भारतमा कोरोना संक्रमणले महामारी लिएपछि भारत सरकारले आफ्ना नागरिकलाई दोश्रो ,तेस्रो मुलुक जानमा रोकावट लगाएको थियो। नेपाल सरकारले भारतीय नागरिकलाई नेपालबाट तेस्रो मूलुकको गतव्य प्रस्थान गर्न दिएपछि कोरोनाको दोश्रो लहर सुरु भएको नागरिक बताउँछन्।