हामी पक्ष विपक्ष कतै छैनौ महन्त ठाकुर ,
वैशाख २७ ,काठमान्डौ -जसपाका अध्यक्ष महन्त ठाकुरले आफूहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै अध्यक्ष ठाकुरले आफूहरु विश्वासको मतमा पनी नरहेको र विपक्षमा पनि नरही तठस्त रहने बताएका हुन्।आफूहरुका अहिलेपनी थुप्रै मुद्दा रहेको हुँदा जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसै सरकारलाई साथ दिने बताए।
रेशम चौधरीलाई अहिले आफुले संसदमा देख्ने बेला हो तर उनि जेलमा छन् मधेशका दलितका मुद्दा छन्,अल्पसंख्याकका मुद्दा छन्। तेसैले अहिले हामी कतै छैनौ तठस्तमा बस्ने निर्णय गरेका हौ उनले भने।
अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको उनले बताए । प्रदेशका सांसद तारिखमा छन् । संविधान संशोधनको आफ्नो माग पूरा नभएको ठाकुरले बताए ।