रुकुम चौरजहारी

प्रधानमन्त्री ओलीले फेरी संसद् विघटन गर्ने तयारी,

रुकुम आठ विसकोट

वैशाख २७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली फेरी संसद् विघटन गर्ने तयारी गरेका छन्। आज संसदम आफूले विश्वासको मत लिदै गर्दा सबैदलले विपक्षम मतदान गर्ने बताएपछि ओलीले पून: संसद् विघटन गर्ने सुरसारमा देखिएका छन्।

ओलीले आफुलाई विश्वासक मत दिए पाँच वर्ष संसद चल्ने अन्यथा संसद् भंग गर्ने संकेत गरेका हुन्। उनले सांसद हरुको जवाफ दिदै भने तपाइँहरुले मुद्दा लडेर ल्याएको संसद् हो आउनुस मैले विश्वासको मत मागेको छु ,मलाई मत दिनुहोस। संसद् भंग हुन्छ भनेन चिन्ता छ भने मत दिनुहोस पाँच वर्षनै संसद चलाऔ उनले भने।

सभामुख अग्नि सापकोटाले मतदान हरुकोलागि सांसदलाई तयारी गर्दै पाँच मिनेट घन्टी बाजाएका छन् अब केहि छिनमा मतदान सुरु भएको छ।तेस्तै कोरोना संक्रमितका सांसदहरुले लोत्से भवनमा पुगेर हुन्छ र हुन्न भन्ने वर्नाणुक्रमम आफ्नो दस्तखत गर्नुपर्ने सभामुखले बताए।