Simta
Gurvakot
Gurvakot

नयाँ सरकार गठनको लागि देउवाले बोलाए बैठक

वैशाख २८ ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको बारेमा छलफल गर्न बैठक बोलाएका छन् । देउवाले कांग्रेसका शीर्ष नेतानेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा विश्वासको मत लिएका थिए ,जसमा उनि असफल अभईसकेका छन्विश्‍वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। संसदमा २३२ सांसद उपस्थित थिए,हुन्छ भन्नेमा ९३ मत विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको थियो ।

lekbesi
Simta

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि हिजोनै देउवा ,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अधय्क्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति गरेका थिए।

 

नयाँ सरकार बन्न कति सजिलो ,
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनमा सबै भन्दा ठुलो प्रतिपक्षदल नेपाली कांग्रेसले सरकारको दाबी गर्ने छ। देउवालाई नयाँ सरकार निर्माणमा गर्न पनि तेती सजिलो छैन।अहिले संसदमा २ सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि १ सय ३६ मत आवश्यक पर्छ ।

कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ तर जसपाको महन्त ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने देखिन्छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न चाहेपनि महन्त पक्षले भने साथ् नदिने बताएको छ।