राष्ट्रिय जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो
वैशाख २९ ,पोखरा – गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ ।
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमतिमा थापाले अटेर गरेको र बिहान सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नदिएको विज्ञप्तिमा उल्लेख छ।
बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाइएको सचेतक पियारी थापाले जानकारी दिइन् ।