देउवाको कसरत आज राति ९ बजे सम्म निर्णायकमा माधव पक्षको राजीनामा
वैशाख ३० ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । तर अझै दलहरुबीच सत्ता गठबन्ध हुन सकेको छैन।
विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्ने क्रममा छन् ।
तर जसपाभित्र अन्तरविरोध देखिएपछि यो सम्भव देखिएको छैन। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा एमाले नेता माधव कुमार नेपाल ,जसपा अधय्क्ष उपेन्द्र यादव संग छलफल गरिरहेका छन्।
तेस्तै उता जसपाका अर्का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो विपक्षी गठबन्धनमा अबहुमत पुग्न नदिन कसरतमा लागीरहेका छन्। यदि ठाकुर पक्षले साथ् दिएन भने बहुमतको नयाँ सरकार गठनको लागि माधव नेपाल पक्षले राजिनामा दिनुपर्ने हुन्छ।
जसपाको महन्त ठाकुर पक्षले साथ् नदिने संकेत देखिएपछि देउवा एमालेभित्रको अन्तरविरोधलाई नजिकबाट नियाल्दै माधव नेपाल पक्षका नेताहरुसँग छलफल जारी राखेको एक नेताले बताए ।
बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।