Simta
Gurvakot
Gurvakot

देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

वैशाख ३० ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । देउवाले बिहान निवासमा जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि आज ४ बजे बैठक बोलाएका हुन् ।

Simta

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।जसपासंग भएको छलफलमा अभाने कुनै ठोस निर्णय नभएको स्रोतको दाबि छ। बैठकमा भएको छलफल र थप छलफलको लागी पार्टी पदाधिकारी बैठक बोलाईएको बुझीएको हो।