महन्त-राजेन्द्र आफ्ना निकट सांसदहरु सँग छलफल गर्दै
वैशाख ३० ,काठमान्डौ – जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई बोलाएर छलफल सुरु गरेका छन्।
महन्त -राजेन्द्रले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि आफु निकट सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।
तेस्तै महन्त पक्षसँग बसेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । देउवाले बिहान निवासमा जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि आज ४ बजे बैठक बोलाएका हुन् ।