Simta
Gurvakot
Gurvakot

देउवा र प्रचण्डबीच भेटवार्ता

वैशाख ३० ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठ भेटवार्ता शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् । यसअघि देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए।

Simta

कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको तयारी गरेका छन्। देउवाले आज ठाकुरसँगको भेट सकारात्मक नभएपछि देउवाले प्रचण्डसँग छलफल गरेको बुझीएको छ ।

lekbesi

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार ९ बजे सकिदै छ।राष्ट्रपति भण्डारीले दलहरूलाई दिएको समय सकिदै जाँदा छलफल तीव्र बनेको हो।