कोरोनाको दोस्रो लहरले लेकबेसी नगरपालिकामा असर गरेको छ मेयर गगनसिङ् सुनार
वैशाख ,३० सुर्खेत – कोरोनाको दोस्रो लहरले कर्णाली प्रदेश सुर्खेतको लेकबेसी नगरपालिकामा असर गरेको नगरपालिकाका प्रमुख गगनसिङ्ग सुनारले बताए। पहिलो चरणको कोरोन संक्रमणले केहि असर नगरेपनि दोश्रो चरणले भने ९ जनाको मृ,त्यु भईसकेको उनले बताए।
रंग दर्पणसंग कुराकानी गर्दै प्रमुख सुनारले भने कोभिड -१९ को पहिलोचरणले कसैको ज्यान गएको थिएन ,दोश्रो भेरियण्टले भने धमा धाम बिरामी हुने र मृ,त्यु हुने गरेको छ हामि निकै चिन्तामा छौ। अहिले प्रतेकको घर -घरमा ज्वरोका बिरामी फेला पर्न सुरु गरेका छन् ।,
अहिले रोगले नागरिक मर्दैछन केहि दिनपछि भोकले मर्ने दिन आउन सक्छ उनले भने। तिब्र कोरोना संक्रमणपछि अहिले नगरपालिकाका काम कारबाहीहरु रोक्का छन्।
कोरोनासंग जुध्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको पनि उनले बताए। यस्तै अत्यावस्यकका काम बाहेक कोहि पनि घर बाहिर हिड डुल नगर्न र स्वाथ्य मापदण्डलाई पालना गर्न सुनारले अपिल गरेका छन्।