रुकुम चौरजहारी

माधव- खनाल पक्षले धोका दियो भन्न अहिलेनै मिल्दैन :प्रचण्ड

रुकुम आठ विसकोट

,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेकाे नेपाल-खनाल समूहबाट धाेका भयाे भनेर अहिले नै भन्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको विकल्पमा खोज्न तीव्र रुपले लागिपरेका प्रचण्ड असफल भएपछि अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ।

हामि अहिलेपनि निरन्तर कुरा गरिरहेका छौ ,हाम्रो फेरी भेट हुन्छ मलाई आशा छ ,उँहाहरु लोकतन्त्रको संविधानको पक्षमा हुनुहुन्छ प्रचण्डले भने । उँहाहरुका पनि केहि केहि आन्तरिक समस्याहरु छन्,हामि निनात्र संवादमा छौ।

तेस्तै प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा निरन्तर सङ्घर्ष गर्ने प्रचण्डले बताए ।संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था आएमा नेता नेपाल पक्षको सहयोग रहन सक्ने सम्भावना रहेको उनले बताए।

नेपालले ओलीलाई हिजोको भेटमा ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयता संस्थापन पक्षका निर्णय खारेज हुनुपर्ने मुख्य सर्त राखेका छन् । जसमा ओली सहमत भएपछि माधव नेपालले आफ्ना निकट सासंदहरुको राजीनामा स्थगित गरेका थिए। ओली र नेपालको आजपनि भेट हुँदै छ।