बजेटमाथि उठेका प्रश्नको जवाफ आज अर्थमन्त्रीले दिने ,,

जेठ २० – आर्थिक वर्ष २०७५ /७६ को बजेट सरकारले प्रस्तुत गरे लगतै सरकार प्रति अनगिन्ति प्रश्न उठेका छन्। , विपक्षि पार्टी लगायत विभिन्न संघसंस्था ले प्रश्न गरेका छन् जसको जवाफ अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा दिने छन्। ,

गत जेठ १५ गते प्रस्तुत भएको १३ खर्ब १५ अर्बको बजेटमाथि जेठ १७ गतेदेखि शुरु भएको छलफलका क्रममा सांसदहरुले विभिन्न प्रश्न उठाएका छन् ।

बजेटबारे आइतबार केही सांसदहरुले बोलेपछि अर्थमन्त्रीले यसबारे जवाफ दिने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार, सांसदहरुले बजेटबारे बोल्ने क्रम सकिएकाले उनीहरुले उठाएका प्रश्नबारे आजको बैठकमा अर्थमन्त्रीले जवाफ दिनेछन् ।

अर्थमन्त्रीले उठेका प्रश्नमाथि जवाफ दिएपछि मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल हुने छ ।