आधुनिक गाई यस्तो हुने छ ल हेर्नु होस् ,

रंग दर्पण १६ माघ -संसारकै धनि ब्याक्ति अनि माइक्रोसफ्ट का जन्म जाता बिल्गेट्स्ले अब आधुनिक गाई निर्माण गर्दैछन हो यो कुरा साचो हो आउने ४ करोड अमेरिकी डलर खर्च गरेर यौटा सुपर गाई निर्माण गर्दैछन उनको भनाईमा यो गाइले युरोपेली गाइ भन्दा बडी दुध दिने उनको दाबि छ साथै यो गाइले अफ्रिकी मुलुकको अत्यधिक मात्र मा हुने गर्मि पनि साहना सखने छेमता हुने दाबि पनि छ साथै यो कोषको प्रयोग मजबूत फसल विकसित गर्ने तथा विभिन्न रोगव्याधीको रोकथाम सम्बन्धी अनुसन्धानमा पनि हुनेछ । जुन अफ्रिकी किसानको आर्थिक नोकसानको कारण बन्ने गरेको छ ।

यद्यपि, सुपर गाई कसरी बनाउने भन्ने अहिलेसम्म स्पष्ट भैसकेको छैन । बिजनेस इनसाइडरको रिपोर्टमा चाहीँ कृत्रिम गर्भाधानबाट यो सम्भव हुने बताइएको छ ।

कतिपय वैज्ञानिकहरुले चाहीँ यस्तो खाले सुपरगाई वातावरणका लागि हानिकारक हुनसक्ने चेतावनी दिएका छन् । किनकी यसबाट उच्च मात्रामा मिथेन ग्यास उत्पादन हुन्छ । तर बिल गेट्सले चाहीँ यो गाईले विश्वको गरिबी तथा भोकमरीसँग लड्न मद्दत गर्ने दाबी गरेका छन् ।एडिनबर्ग विश्वविद्यालयको भ्रमणका क्रममा उनले यस कोषको घोषणा गरेका हुन् ।

lekbesi