एमाले विवाद हल गर्न १० जनाको कार्यदल गठन

जेठ २ ,काठमान्डौ – नेकपा एमालेको लामो समयदेखिको अन्तरिक विवाद हल गर्न कार्यदल बनेको छ। आइतबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पाँच–पाँच सदस्यीय कार्यदल बनाएका हुन्।

नेम्वाङ नेतृत्वमा बनेको ओली समूहको कार्यदल सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालसहित पाँच नेता रहेका छन् भने रावल संयोजकत्वमा बनेको नेपाल पक्षको कार्यदलमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेकाछन्। कार्यदललाई तिन भित्र पार्टी एकताको प्रतिवेदन तयार पार्नेगरि जिम्मा दिईएको छ।

ओली नेपालको सिंहदरबारमा छलफलपछि बाहिरिने क्रममा वार्ता सफल भएको र रहने प्रधानमन्त्री ओलीले बताएका थिए । एमालेको नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडान राखेको छ । एमाले पार्टी झन्डै फुट संघरमा पुगेको छ।