स्वास्थ्य सामग्री सहित नेता नारायणकाजी श्रेष्ठ गृह जिल्ला जाँदै

जेठ ३ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजि श्रेष्ठ जनताको रक्षाका लागि गृहजिल्ला गोरखा हिडेका छन्। स्वाथ्यकर्मी र स्वास्थ्य सामग्री सहित श्रेष्ठ गोरखा लागेका हुन्।
कोरोना पोजेटिभ संकास्पद रहेका बिरामीहरुसंग आवस्यक परामर्श दिईने र संक्रमितको नजिक रहेकालाई तत्काल एन्टिजेन टेष्ट , बिरामीहरुको परीक्षण ,आवश्यक परामर्श छलफल गरिने उनले बताए।
स्थानीय सरकार जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफल गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने पनि नेता श्रेष्ठले बताए।
नारायणकाजी श्रेष्ठ केहि दिन अगाडीमात्र पनि गोरखा पुगेर डिसिसिएमसिको बैठक,पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल गरेर फर्कीएका थिए।
त्यहाँ पुगेर उनले गोरखा अस्पतालको स्तिथिबारे जानकारी लिएका थिए भने कोरोना संक्रमण र नियन्त्रणमा नागरिकको उपचारको लागि कुनै कमि नराख्न आग्रह गरेका थिए।
गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभागबाट श्रेष्ठले पहल गरेर समेत स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
गोर्खाको विभिन्न ठाँउमा अझै कोरोना संक्रमण विस्तार नभएको उनको भनाई छ। संक्रमणलाई मध्यनजर गर्दै सबै गोरखाका नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्न र अत्यावस्यकका काम नपरी बाहिर निस्किन नहुने श्रेष्ठले अपिल गरेका छन्।
