निषेधाज्ञाको पूर्ण पालना भएन स्वास्थ्य मन्त्रालय -निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने माग
जेठ ३ ,काठमान्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल र नेपालीका लागि थप केही साता चुनौतीपूर्ण हुने बताएको छ। सोमबार मन्त्रालयले सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको भन्दै सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिएको बताएको हो ।
अझै पनि निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको मन्त्रालयले जनाएको छ। स्वास्थ्यकर्मीहरु जति खटिनु भएको छ ,यसले कोरोना संक्रमणन घट्नुपर्ने हो तर देसो देखिएको छैन हामी सबै सचेत हुनुपर्ने बेला भएको छ।
संक्रमित एक दिन घट्ने र बढ्ने भईरहेको छ भने कोरोनाबाट मर्नेको संख्या समेत दैनिक बढेको छ। आज मात्र नेपालभरीमा २१४ जनाको कोरोन बाट निधन भएको छ भने ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ। तेस्तै सरकारले निषेधाज्ञामा अथप कडाई गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।