रुकुम चौरजहारी

प्रधानमन्त्रीको शपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

रुकुम आठ विसकोट

जेठ ४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने भएका छन् । ओलीलाई पुन: सपथ गराउन माग गर्दै परेका रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ गर्ने भएका छन् ।

बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिक्षा गर्छु ’ भन्ने शब्दावली ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । तेस्पछि राष्ट्रपति हाँसेकी थिइन्।

त्यस्तै निवेदकहरुले दोस्रोपटक मन्त्रि नियुक्त गरिएका रामबहादुर थापा ‘बादल,मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, र गौरीशंकर चौधरीको नियुक्ती बदर गर्न पनि माग गरेका छन् । मन्त्रि पदमा पुनः नियुक्त हुँदा संघिय संसद नभई मन्त्रि हुन नपाउने संवैधानिक व्यवस्था रहेको कानुन व्यवस्था रहेको अधिवाक्ताहरु बताउछन ।