रुकुम चौरजहारी

जसपाले भन्यो हाम्रो नेतृत्वमा सरकार : वालुवाटार तरंगित

रुकुम आठ विसकोट

जेठ ४ काठमान्डौ – जनता समाजवादी पार्टीले आफ्नो नेतृत्वमा सरकार दावी गरेको छ। जसपा झन्डै विभाजन सम पुगेको थियो। दुई धारमा अलग अलग बैठक राख्ने विज्ञप्ति निकाल्ने गरेको पार्टीले आज भने संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि बढ्ने जनाएका छन् ।विज्ञप्तिमा आहिलेको सरकारमा भने नजाने उल्लेख छ।

हामि अहिलेको सरकारमा भने जाँदैनौ जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ’ विज्ञप्तिमा भनिएको छ ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।

जसपाको संयुक्त विज्ञप्ति सार्वजानिक भएपछि यसले राष्ट्रिय राजनीतिलाई समेत तरंगित गरेको छ। यो संगै काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्ने निश्चित देखिन्छ।

,ओलीले गत वैशाख २७ गते संसदमा मागेको विश्‍वासको मतमा जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले विपक्षमा मत हालेको थियो भने अर्का अध्यक्ष महन्त ठाकुरपक्ष टथस्ट बसेको थियो। ओलीले संसदमा फेरी विश्वासको मत लिनुपर्ने छ।