रुकुम चौरजहारी

भोट माग्न पुगेका बादललाई नेपालले भने तपाई हाम्रो उमेद्वार हो र ?

रुकुम आठ विसकोट

जेठ ४ ,काठमान्डौ – राष्ट्रिय सभाका निर्वाचनका लागि एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग सहयोग माग्न पुगेका गृहमन्त्री रामबहादुर थापा बादल जवाफबिनानै फर्कीएका छन् ।

नेपाल निवास कोटेश्वरमा पुगेर बादलले आफुलाई भोट दिन आग्रह गरेपनि नेपालले कुनै जवाफ दिएनन। नेपाल पक्षले बादलालाई सहयोग गर्न नसक्ने बताईसकेको छ। नेपाल पक्षका एक नेताका अनुसार बादल आफ्नो उमेद्वार नभएकोले नेपालले कुनै जवाफ दिनु भएन भोट हाल्ने कुरा पनी भएन उनले भने।

जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ। राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

खिमलाल देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।

२०७४ मा एमाले-माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादल २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादी एकता भंग गरिदिएसँगै एमालेमा प्रवेश गरेका हुन्।बादल एमाले बनेपछि उनको पूर्व पार्टी माओवादीले कारबाही गरेको हो। अहिले बादल एमालेको तर्फबाट उम्मेदवार बनेका छन।

एमालेले भने बादललाई भोटदिन ह्विप जारि गरेको छ। बादलले आफु हार्छु भन्ने पक्का भएपछि उमेद्वारी नदिने बताएका थिए। तर प्रधानमन्त्री ओलीले एमालेको तर्फबाट बादललाईनै उमेद्वार गराउने जनाएपछि बादल हेलिकोप्टर चढेर उमेद्वारी दर्ता गर्न पुगेका थिए। ,