surkhet

एमालेको कार्यदल बैठकले गरेका तिन निर्णय यस्ता छन्

surkhet

जेठ ४ ,काठमान्डौ – नेकपा (एमाले) पार्टीभित्रको आन्तरिक विरोधमा देखिएका समाधान खोज्न गठित कार्यदलको पहिलो बैठक सकिएको छ। मंगलबार बसेको बैठठकले विभाजनको कुराबाट अलग रहन आह्वान गर्दै बैठकले विभिन्न तीन निर्णय गरेको छ।

कार्यदल बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने, पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा विश्वास, सहयोग र अन्तरविरोध सिर्जना हुने कामकुरबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको हो।

कार्यदल गठनमा प्रधानमन्त्री ओली र नेपालपक्षबाट पाँच – पाँच जना सदस्यीय रहेका छन्। ओली समूहको कार्यदलको नेतृत्व पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाएका छन् भने नेपाल समूहको कार्यदलको नेतृत्व पार्टी उपाध्यक्ष भीम रावललाई दिइएको छ।

Dailekh
Gorkha

नेम्वाङ नेतृत्वमा बनेको ओली समूहको कार्यदल सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालसहित पाँच नेता रहेका छन् भने रावल संयोजकत्वमा बनेको नेपाल पक्षको कार्यदलमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।

आजको बैठकमा बिष्णु पौडेल र शंकरपोख्रेल भने काम विशेषले अनुपस्तिथित भएका थिए। बैठक पुन: भोलि बस्ने नेपाल समूहका नेता भीम रावलले बताए।

salyan