रुकुम चौरजहारी

बिहानै लमजुङमा गएको भूकम्पले दर्जनबढी घरमा क्षति ४ घाईते

रुकुम आठ विसकोट

जेठ ५ ,लमजुङ – आज बिहान ५ बजे लमजुङको मस्र्याङ्दी गाउँपालिका,३ भुलभुले केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट दर्जनबढी घरमा क्षति पुगेको चाह भने ४ जना घाईते भएका छन्।

घाइते हुनेमा बेंसीशहर नगरपालिका ६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका,६ ठुलीबेंसीका २२ वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले जानकारी दिए ।

घाइते मध्येकि उमा गुरुङ घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । उनलाई स्थानीयले तत्कालै उद्दार गरि एम्बुलेन्समार्फत अस्पताल लागेका थिए ।

प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मर्स्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ ।

त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ । त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

गोरखा, चितवन ,पोखरा काठमान्डौसमेत भूकम्पको धक्का महसुर गरिएको थियो। फेरी भूकम्प जाने डरले मस्र्याङ्दी लगायतका स्थानीय बहिरा बसिरहेका छन्। तेस्तै अहिले देशभर कोरोना संक्रमणको महामारी फैलिरहेको छ। माक्स नलगाई बाहिर भिड भाड बढेको हुँदा थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।