रुकुम चौरजहारी

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

रुकुम आठ विसकोट

जेठ ५ रुकुम – कोरोना भाईरस संक्रमितका बिरामीलाई मध्यनजर गर्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ ।

अहिले नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्टले रुकुमपश्चिममा पनी ज्यान गुमाउनेको संख्या बढिरहेको छ।चौरजहारी नगरपालिका मेयर विशाल शर्मामा अनुसार कुनै प्राविधिक समस्या नआएमा एक हप्ताभित अक्सिजन प्लान्ट सञ्चालमा आउने छ।

अक्सिजन प्लान्टको लागि अहिले कर्णाली प्रदेश सरकारलाई पहल गरिएको पनि मेयर शर्माले बताए ‘प्रदेशबाट हुन सकेन भने पनि नगरपालिकाले बजेट व्यवस्थापन गर्ने उनले बताए ।चौरजहारी नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न सचेनामूलक कार्यक्रमको साथै ४५ बेडको आइसोलेशन अस्पताल समेत सञ्चालन गरेको छ ।

नगर क्षेत्रका खोलागाउँ, कोटजहारी र चौरजहारीमा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरको व्यवस्थासहित १५/१५ बेडका आइसोलेशन अस्पताल बनाइएको शर्माले जानकारीदिए । चौरजहारी नगरपालिकामा अघिल्लो वर्षको कोरोना संक्रमणसंगै पीसीआर परीक्षण प्रयोगशालामा सञ्चालन भईरहेको छ।