रुकुम चौरजहारी

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको माग गर्न विपक्षी दल सर्वोच्च अदालत जाने

रुकुम आठ विसकोट

जेठ ५ ,बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध विपक्षी गठबन्धन अदालत जाने भएको छ ।

चार दलका संसदीय दलका नेता एवं दलका सचेतकहरुको बधुबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमाेर्चालगायत मोर्चाको बैठकले अदालत जाने निर्णय गरेको हो ।

पोख्रेललाई वैशाख १९ गते मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको भावना र मर्म विपरीत भएको भन्दै न्यायिक उपचारमा सर्वोच्च अदालत जाने निर्णय गरेको हो । विपक्षी दलमा माओवादी केन्द्र , नेपाली कांग्रेस, जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चा सम्मिलित छन् ।

पोख्रेल अल्पमतमा परिसकेका छन्। अल्पमतमा परेका शंकर पोख्रेललाई सत्ता र शक्तिको आडमा नियुक्ति गरिएकोले सर्वोच्च अदालत जाने एक नेताले बताए।