प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्द कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

जेठ ६ ,काठमान्डौ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी गरेको छ।

सरकार प्रमुखले नै मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री ओली र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो ।तेस्तै नेकपा माओवादी केन्द्रले पनि हिजो विज्ञप्ति सार्वजानिक गर्दै ओलीलाई कारबाही गर्न आयोगसंग माग गरेको छ।

ओलीले निर्वाचन आयोगको अचार संहिता उल्लघन गर्दै विज्ञप्ति सार्वजानिक गरेर बादललाई भोट दिन धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। तेस्तै आयोगले समेत हिजोनै विज्ञप्ति सार्वजानिक गरेर प्रधानमन्त्रीको विज्ञप्तितिर ध्याआकर्षण गरिसकेको छ।