surkhet

माओवादीले केन्द्रले बोलायो स्थायी कमिटी बैठक

surkhet

जेठ ७ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

Gorkha

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि माओवादीले त्यसलाई संसद् विघटन हुँदै संविधान समाप्त पार्नेतिर लागेको बताएको छ ।

Dailekh

वालुवाटारमा विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई नेपाली काँग्रेसलेपनि संविधान विपरीत र अलोकतान्त्रिक भनेर विरोध गरेको छ ।

salyan