रुकुम चौरजहारी

राष्ट्रपति निवासमा राति चिया खान गएको थिएँ :महन्त ठाकुर

रुकुम आठ विसकोट

जेठ ७ ,काठमान्डौ -जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर बिहीबार राति राष्ट्रपति निवासमा चिया खान गएको दाबी गरेका छन् ।

शुक्रबार बिहान जसपाका संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसंग कुराकानी गर्दै ठाकुरले बिहिबार राति रष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको र आफू चियान खान मात्रै गएको जनाएका हुन् ।

ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटेको स्विकार गर्दै भने, ‘भेटघाट भएको छ राति । चिया खान गएको थिएँ । एक कप चिया खाएँ फिर्ता भएँ । स्वास्थ्य कस्तो छ भनेर सोध्नुभयो ठिक छ भने ।