रुकुम चौरजहारी

१४९ सांसदको हस्ताक्षर लिएर देउवा राष्ट्रपति कार्यालय पुग्दै

रुकुम आठ विसकोट

जेठ ७ ,काठमान्डौ – १४९ सांसदको हस्तक्षर सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् ।

हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।नयाँ सरकार बनाउन संसदमा हाल कायम २७१ सांसदमध्ये बहुमत १३६ जना चाहिन्छ ।

नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक (स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेर सरकारदाबी गर्दै नेताहरी शितल निवास जाने तयारि गरिरहेका छन् ।

संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका हुन् ।