प्रधानमन्त्री ओलीलाई थप सात मन्त्रीको जिम्मेवारी
जेठ ७ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन्।
सर्वोच्च अदालतले मन्त्रीहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी लेखराज भट्ट प्रभु साह मणिचन्द्र थापा गौरीशंकर चौधरी र दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो।
अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री ओलीलाई सातवटै मन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ।