माधव नेपालको राष्ट्रपतिसमक्ष प्रश्न ? म यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो
,काठमान्डौ – नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका थिए । त्यसमा राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतको दाबी छ ।
हस्ताक्षर बुझाउने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान बमोजिम अघि बढ्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । त्यस्तै नेपालले पनि राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले संवैधानिक हिसाबले दाबी गर्नै नमिल्ने बताएका थिए । केपी ओलीले आफुले विश्वासको मत लिन नसकेपछि मार्गप्रसस्त गर्ने भनेका थिए तर ओलीले अहिले कसरि दाबी गर्न मिल्छ श्रेष्ठको प्रश्न थिय।
प्रधानमन्त्री ओलीले एमाले लगायत जसपाका सांसदको कृते हस्ताक्षर गरेको पाईएको हो। १२१ जना एमालेका सांसदमा २७ सांसद नेपाल समूहका छन् उनीहरुले विपक्षिदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
तेस्तै ओलीले जसपाका १२ जना सांसदको हस्ताक्षर पनि दुरपयोग गरेको पाईएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग एमालेका १२१ सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीको पक्षमा रहेका भनिएका जसपाका नेताहरुले भने राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एकमुष्ट हस्ताक्षर नगरी पार्टीको लेटरप्याडमा पत्रमा शीतल निवासमा दर्ता गरेको शीतलनिवास स्रोतले बताएको छ । कानूनविद र जानकारक अनुसारका अनुसार भने प्रक्रियाको हिसाबले धारा ७६ (५) को सरकार गठनका देउवाको दाबी बलियो रहेको छ।