रुकुम चौरजहारी

नवलपरासी पश्चिमको गोली काण्डमा उच्चस्तरीय छानबिन टोली :घटनास्थल देखि प्रत्यक्षदर्शी सम्म

रुकुम आठ विसकोट

जेठ ८ ,काठमान्डौ – गृहमन्त्रालयले गठन गरेको सशस्त्र गोलीकाण्ड छानविन मृतकका परिवारले नवलपरासी पश्चिम पुगेर घटनास्थलकाे स्थलगत अनुगमन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव कृष्ण प्रसाद पन्तको संयोजकत्वमा गठन गरिएकाे ५ सदस्यीय छानविन समितिले नवलपरासी पश्चिमकाे प्रतापपुर गाउंपालिका ६ कठहवा र सुस्ता गाउँपालिका ५ बन्नकट्टीको बिचको घटनास्थल सीमामा निरीक्षण गरेकाे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनु भयाे ।

समितिले घटनास्थल पुगेर घटना प्रकृतिबारे जानकारी अध्ययन गरेकाे छ । घटनास्थलमा भेटिएका गाेलीका खाेका, पडकेकाे मृतककाे माेबाइलका टुक्राहरू, रगतका फाेटाहरू संकलन गरेकाे छ । घटनाका प्रत्यक्षदर्शी तथा देख्ने सुन्नेसित समेत घटनाबारे साेधपुछ गरेकाे सशस्त्र प्रहरी लुम्बिनी प्रदेशका डिआइजी किशोर प्रधानले बचाउनु भयो ।

समिति पीडित परिवारकाे घर पुगेर मृतकका बुवा बच्चा राजभर लगायत अन्य भद्रभलादमी सित घटनाबारे कुराकानी गरेकाे छ । स्थानीयले गाेली चलाउनुपर्ने अवस्था नहुदा नहुदै प्रहरीले गाेली चलाएकाे आराेप लगाएका छन् ।

गठित समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहनु भएकाे छ । गृहले समितिलाइ ७ दिन भित्र रायसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ ।

भारतीय स्थानीय बहुवार बजारबाट ओैषधि किनेर फर्कने क्रममा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–६ स्थित सीमामा सशस्त्रले राेकेपछि विवाद उत्पन्न भएर गाेली चलेकाे थियाे । सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर प्रतापपुर गाउँपालिका–६ कठहवाका २२ बर्षिय अविनाश राजभरको जेठ ५ गते बुधवार सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
रविन्द्र यादव
नवलपरासी पश्चिम ,