वीर अस्पतालमा अख्तियारले गर्यो छानबिन , करोडौ भ्रस्टार भयको खुलासा , ,
जेठ,२० काठमाडौं -देशको एक मात्र ठुलो र पुरानो वीर अस्पतालमा करोडौ भ्रस्टचार भयको खुलासा भयको छ ,केहि महिना अगाडी हास्यकलाकार धुर्मुस (सिताराम कट्टेल)ले चलाएको वीर अस्पताल सफाइ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई अर्ब रुपैयाँको हिसाबकिताब खोजिँदैछ ।
अस्पतालका कर्मचारीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले समेत अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्बको खोजी गर्न थालेका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल र ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितताको सुबत प्रमाण सहित ८४ बुँदाको उजुरी परेपछि अख्तियार र सतर्कताले छानविन अघि बढाएका हुन् । महालेखा परीक्षकको प्रतिवेदनले समेत वीर अस्पताल प्रशासनमा ठूलो अनियमितता देखाएपछि अनुसन्धान अघि बढाउन लागिएको स्रोतले जनाएको छ ।
रोचक कुरा त के छ भने, सरकारी निकायमा भ्रष्टाचार छानविन गर्दा उच्च अधिकारी र बिभागीय प्रमुखहरुबाट शुरु हुन्छ । तर वीर अस्पतालको भ्रष्टाचारमा भने पियनसमेत छानविनको दायरामा परेका छन् ।
अस्पताल सुधारका लागि गगन थापा स्वास्थ्यमन्त्री भएको बेला सरकारले दिएको २ अर्बभन्दा बढी रकमको अधिकांश हिस्सा सामान खरिदमा सकिएको छ ।
खरिद शाखाकी प्रमुख भगवती थपलिया, पटक-पटक बिभिन्न प्रकरणमा जेल परेका सेवा आयोग सचिव कर्मचारी लक्ष्मण अर्यालदेखि पियन नवराज धितालमाथिसमेत छानविन हुन थालेको छ । धितालमाथि अस्पताल परिसरमै पसल सन्चालन गरेको आरोप छ ।
खरिद शाखामा एउटै व्यक्तिको हालीमुहाली
सामान्यतः वीर अस्पतालको खरिद शाखा प्रमुख दुई वर्षमा परिवर्तन हुने गर्छन् । तर उपकुलपति गणेशमान गुरुङ र निर्देशक डा. भुपेन्द्र बस्नेत भगवती थपलियासामू निरीह बनेको आरोप कर्मचारी संगठनले लगाएका छन् ।
थपलिया चार वर्षदेखि खरिद शाखामै छिन् । उनीमाथि करोडौंका सामान खरिदमा अनियमित ढंगले एउटै कम्पनीलाई दिएको र विक्रेताको सूची दर्ता गर्दा नै अनियमितता गरेको आरोप लागेको छ । परिवारका सदस्यको नाममा कम्पनी दर्ता गरेर सामान सप्लाई हुने गरेको समेत प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दुई महिनाअघिमात्र प्रधानमन्त्री ओलीले शिलान्यास गरेको ६५० शैयाको सर्जिकल भवन निर्माण गर्ने ठेकेदारलाई २० करोड निकासा भएकोमा साइनिङ अमाउन्ट भन्दै दुई करोड रुपैयाँ ठेकेदारको खातामा नपुगेको विषयले समेत अस्पताल प्रशासनमा खैलाबैला मच्चिएको छ ।
यसैबीच अख्तियार स्रोतका अनुसार महालेखा परीक्षकको प्रतिवेदन २०७४ र सार्वजनिक खरिद अनुगमन कार्यालयको पुनरावलोकन समितिको निर्णयअनुसार वीरमा सिटीस्क्यानमा मात्रै ९ करोडभन्दा बढी भ्रष्टाचार देखिएको भन्दै परेको उजुरी उपर छानविन अघि बढाइएको छ ।
अस्पताल प्रशासनबाट भएको खरिदलगायतका प्रकरणको भ्रष्टाचारबारे निर्देशक डा. बस्नेतले अनावश्यक आरोप लगाइएको दावी गरे । खरिद प्रकरणमा आरोपित थपलियाले भने आफू काठमाडौं बाहिर रहेकाले पछि प्रतिक्रिया दिने बताइन् ।
अदालतको फैसला कार्यान्वयन नगरेको आरोप
अस्पताल प्रशासनमाथि अदालतको फैसला कार्यान्वयन नगरेको आरोप पनि लागेको छ । २०७४ माघ १० गते प्रतिष्ठानको नियम कार्यान्वयन गरी कर्मचारीको वृत्ति विकास गर्नू भनेर आदेश दिएको थियो । तर सो फैसला कार्यान्वयन नगरेको आरोप पनि लागेको छ ।
यता अस्पतालका अस्थायी तथा करारका कर्मचारीको म्याद थप गर्दा ६ महिना बराबर एक महिनाको तलब बुझाउनुपर्ने र नबुझाए म्याद थप नहुने गरेको आरोप कर्मचारीले लगाएका छन् । तर शुक्रबारमात्र नियमविपरित १९ जना स्टाफ नर्स नियुक्त भएका छन् ।
वीर अस्पतालको विशेष एक्स-रे मेसिन बिगि्रएको एक वर्ष भयो । त्यस्तै एमआरआई मेसिन चार महिनादेखि बिगि्रएको छ । बनाउनुपर्ने जिम्मा लिएको खरिद एकाइ प्रमुख थपलियाले मेसिन बनाउने कम्पनीसँग कुरा नमिलेपछि कामै रोकेर राखेको आरोप प्राविधिकहरुले लगाएका छन् ।