रुकुम चौरजहारी

प्रतिगामी तानाशाहीको कडा विरोध गरौ : झलनाथ खनाल

रुकुम आठ विसकोट

जेठ ८ ,काठमान्डौ – नेकपा एमालेका नेता झलनाथ खनालले प्रतिगामी तानाशाहीको कडा विरोध गर्ने बताएका छन्।राष्ट्रपति र प्रधानमन्त्रीले राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र गरेको भन्दै यो कदमको लागि प्रतिवाद गर्न सबैसंग आग्रह गरेका छन् ।

यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु खनालले भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातमा संसद विघटन गरेर मूलुकलाई दुर्घटना तर्फ लगेको भन्दै विपक्षि राजनीतिक पार्टी लगायत एमाले नेपाल – खनाल समूहले चर्को विरोध गरेको छ।