रुकुम चौरजहारी

उपत्यकामा थप २ हजार ८२१ जनामा संक्रमण पुष्टि

रुकुम आठ विसकोट

जेठ ९ ,काठमान्डौ – आज उपत्यकामा थप २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमले बताएका छन्।

गौतमका अनुसार २४ घण्टामा काठमाडौंमा १ हजार ७६१ भक्तपुरमा ३६६, र ललितपुरमा ६९४ जना कोरोना संक्रमित फेला परेका हुन्।

आज नेपालभरीबाट थप ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

गत २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोनालाई जित्नेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको हो। गत २४ घन्टामा कोरोनाबाट १२९ जनाको मृत्यु भएको छ ,यो पछि कोरोनाबाट मृत्यु हुनेको संख्या ६,हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।