प्रतिगमनकारी केपी ओलीलाई साथ् दिने जसपाका नेतालाई निष्कासन गरिने बैठकको निर्णय
काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
हिजोदेखि बसेको केन्द्रीय कार्यकारिणी बैठकले पार्टी हित विपरीत कार्य गर्ने जोकोही नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।
जसपाक अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले प्रतिगमनकारी केपी ओली सरकारमा कुनै पनि पार्टीका सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो,लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ।
पार्टीले कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको छ । अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्रको समूहले पछिल्लो समय प्रतिगमनकारी केपि शर्मा ओलीलाई साथ् दिदै आएको बैठकको निष्कर्ष छ।