चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा ओली सरकारको भ्रस्टाचार ,वन मन्त्रीले टाँसे आफ्नो तस्विर
जेठ ११,काठमान्डौ – चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डरमा काम चलाउ सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेले अनियमितता गरेको पाईएको छ।
कोरोना महामारीले अस्पतालमा बिरामीलाई अक्सिजन सिलिन्डर आपूर्ति हुन नसक्दा दैनिक २ सय बढीको ज्यान गईरहेकोबेला मन्त्री आलेले चीन सरकारले अनुदानमा दिएका सिलिन्डरमा भ्रस्टाचार गरेको पाईएको हो।
चीन सरकारले गत वैशाख २१ मा २ हजार अक्सिजनका खाली सिलिन्डर नेपाललाई दिएको थियो। सिलिन्डर विमानस्थलमा झरेपनि अस्पताललाई उपलब्ध गराईएको थिएन।
यो विषयमा समाजसेवामा जुटेका नागरिक र सामाजिक अभियन्तासमेतले प्रश्न गरेका थिए। तर हिजो मात्र एक्कासी वन मात्री आलेले ति सिलिन्डरमा आफ्नो तस्विर टाँसेर आफ्नो गृह जिल्ला डोटी पुर्याएका थिए।
जसमा मन्त्री आलेको ब्याक्तिगत सहयोग भनेर समेत लेखिएको छ ,तर ति सबै सिलिन्डर चीन सरकारले नेपाललाई अनुदानमा दिएको हो। २० हजार सिलिन्डर नेपाललाई दिने चीन सरकारको घोषणामा पहिलो पटक २ हजार सिलिन्डर नेपाल ल्याईएको हो।
अस्पतालमा नागरिक मृ,त्युको सैयामा पुगेको बेला चीन सरकारले दिएका अक्सिजन सिलिन्डर गायब हुनु र बन मन्त्री आलेले व्यक्तिगत सहयोग भन्दै आफ्नो तस्विर टाँसेर आफ्नो गृह जिल्लामा वितरण गरेपछि अहिले चर्को विरोध भईरहेको छ।
वन मन्त्री आले पटक पटक विवादमा आउने गरेका छन्। काम चलाउ सरकारले उनलाई मन्त्रीमा नियुक्त गर्दापनि काठ तस्करलाई मन्त्री बनाएको भन्दै आफ्नै पार्टी एमाले प्रधानमन्त्री केपी ओली समूहले चर्को विरोध गरेको थियो।
तेस्तै मन्त्री नियुक्ति भएपछि एक कार्यक्रममा रुखले हामीलाई कार्बन डाईअक्साईड दिन्छ भनेर बोलेपछि आलोचित बनेका मन्त्रीले केहि दिनमात्र अगाडी कोरोनाबाट मरेका नागरिकलाई आर्यघाटमा दाउराको कमि हुन दिन्न भनेर बोलेका थिए।
चार सयको अक्सिजन सिलिन्डर उपलब्ध गराउनुको सट्टा दाउराको कमि हुन दिन्न भन्दै बोलेपछि उनलाई सामाजिक सञ्जालभरि विरोध गरिएको थियो। अहिले आएर आले ले चीन सरकारले दिएका सिलिन्डर चोरी छुपाई राखेको खुल्न आएको हो। चीन सरकारले दिएको अनुदान अक्सिजन सिलिन्डरमा केपी ओली सरकारको चरम लापरबाही भएको भन्दै विरोध भईरहेको छ।