ओली र प्रधानन्यायाधीशको भेट भनेर समचार प्रकासित गर्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

काठमान्डौ -प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भनेर समाचार प्रकासित गर्ने दुई अनलाईनक पत्रकारलाई सर्वोच्चले माफी माग्न दबाब दिएको छ।

सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई भेटघाटको समाचाबारे छलफल गर्न भन्दै बोलाएको थियो ।

तस्विरमा :सर्वोच्च अदालतबाहिर बायाँबाट क्रमश : नेपाल पत्रकार महासंघका महासिचव रोसन पुरी, नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृत, महासंघका उपाध्यक्ष रमेश विष्ट र इमेज च्यानलका सम्पादक राजन कुइँकेल ।

यता पत्रकारलाई समचार लेखेको भरमा बोलाएर माफ माग भन्नुमा पत्रकार महासंघले आपति जनाएको छ। समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति ।

त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो ।नेपाल पत्रकार महासंघको विज्ञप्तिमा भनिएको छ,।