नेपालमा सामुद्रिक आँधी हुरी आउन सक्ने साबधान रहन आग्रह
जेठ १२ ,काठमान्डौ – यास चक्रवात सामुद्रिक आँधीका कारण भारतका केही राज्यको जनजीवन प्रभावित बनेको छ जसका कारण पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ भने ८० वटा घरमा क्षति पुगेको छ।
चक्रवात उडिसाको धामरा बन्दरगाह हुँदै पश्चिम बंगालतर्फ अघि बढेको भारतीय अधिकारीहरुले बताउने गरेका छन् । सो उयास चक्रवात बुधबार दिउँसो भारतको जमिनमा आईपुग्ने भारतीय मौसम विभागले जनाएका हुन् ।
जसका कारण १३० देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नेछ। आँधीबाट जोगिन पश्चिम बंगाल र उडिसाका १३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातका कारण लोमो दूरीको रेल सेवा बन्द गरिएको छ भने कोलकता विमानस्थलबाट हुने हवाइ सेवा आज दिनभरका लागि बन्द गरिएको छ ।
यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने देखिएको छ।आँधीको प्रभाव नेपालमा पूर्व हुँदै पश्चिमतिर जानेछ। केही स्थानमा भारी वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।