रुकुम चौरजहारी

चीनले नेपाललाई १० लाख डोज खोप दिने

रुकुम आठ विसकोट

जेठ १२ ,बेईजिङ्ग – राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज चिनियाँ राष्ट्रपति सी चिनफिनलाई फोन गर्दै कोरोनाको दोस्रो लहरजुध्न कोरोना खोपमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन्।

दुई राष्ट्रपतिबीच आज करिब ४० मिनेट भएको वार्ता पछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध हराउने बताएको हो । चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।