Simta
Simta
lekbesi

बुद्दि तामाङ् तिमि बाहेक छैन कोहि चलचित्र ,,मट्टीमाला ,,२५ गते देशभर ,,

Gurvakot

जेठ २२ कलाकार बुद्दि तामाङले रजनी गुरुङ संग रोमान्स गरेका छन् । उनि यो चलचित्रमा खुबै रोमान्टिक देखिन्छन। चलचित्रमा समावेश ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

जुन चलचित्र ‘मट्टीमाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार रजनी संग देख्न सकिन्छ ।  प्राय कमेडी गर्ने बुद्दि एसपटक भने माया प्रेमको भावमा डुबेका छन् ।
टेके पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रले कमेडी र सस्पेन्सलाई देखाउन खोजेको छ । चलचित्रमा बुद्दि तामाङ, रजनी गुरुङ, पि्रयंका कार्की, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो गीतमा सुमन राइको संगीत, रोशन भट्टराइको शब्द छ । राजेश पुमाले कोरियोग्राफर गरेको गीतको भिडियोलाई राहुल राइले छायांकन गरेका हुन्।

lekbesi

चलचित्रको सम्पादन पूर्ण कार्य अनिलकुमार महर्जनले गरेका हुन् । पृथ्वी राईले निर्माण गरेको चलचित्रमा टेके राईको कथा संवाद छ।

चलचित्र यहिँ २५ गते देशभर प्रदशन हुने छ ।, जसको लागि निर्माणपक्षले प्रचार प्रसार तिब्र गरेको देखिन्छ ।

 

Simta