सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण
जेठ १३ ,धनगढी – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट हट्न नमानेका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।
तर उनीहरुले वर्तमान अवस्थामा सरकारबाट बाहिरिन नहुने जनाएका थिए। तिनै जना मन्त्री नेपाल खनाल समूहका हुन्। कोरोना महामारी बढिरहेकोबेला उनीहरुले सरकारलाई सहयोग गर्ने बताईसकेका छन्।